निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र विभिन्न कर्मचारी संगठनका नेताले स्वेच्छिक अवकाश कार्यान्वयन नगरे मन्त्री पण्डित बिरुद आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्
शुक्रबार आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति हुकुमी शासन जस्तो भएको आरोप लगाएका छन् ।
‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारीमाथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, उहाले सिमा भन्दा माथि नाघेर कर्मचारी प्रति खनिएको दुख ब्यक्त गर्दै उनले भने कर्मचारीहरु खटाइएको स्थानमा गइसकेका छन्’ ।
केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर रअन्य समस्यामा परेर नगएको भए पनि अधिकांश कर्मचारी खटाएको स्थानमा गएर काम गरिहरेको उनको जिकिर थियो ।
उनले थपे,’खटाइएको स्थानमा पुगेर कर्मचारीहरुले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छैन यीलगायत यावत समस्याहरु हामीले सुन्नुपरेको छ’ ढकालले भने ।
नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिइएको भन्दै यस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।
‘जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहरुलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकारी हुनुपर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनुपर्छ’ उनले भने ।
नेपाल निजामती कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निराशा आएको गुनासो गरे ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेको जिकिर गरेका छन् । उनले भने, ‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, सरकारले लगाएको आरोप निराधार छ ।’
मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले सरकारले उचित किसिमको काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
यस बिसयमा भने मन्त्री पण्डितले कुनै आधिकारी धारणा दिएका छैनन |
मन्त्री लालबाबु पण्डितले मानसिक सन्तुलन गुमाए जस्तो अभिव्याक्ती दिए: कर्मचारी संगठन
Reviewed by az news nepal
on
March 23, 2018
Rating:
No comments: