Facebook

banner image
banner image

गाई काट्ने कुरा धर्म निरपेक्षताको गलत बुझाईः समिता के सी

समृद्ध र विकसित राष्ट्र निमार्णको वेग्रगतीमा सरकार लागि रहेको बताउछ । सभ्य समाज निमार्णको लागि राज्य र आम नागरिकहरुमा उत्साहको नदि सुसाउदै बगि रहेको छ ।

तर दुःखका साथ भन्नुपर्छ । बोक्सीको आरोपमा नारीले हिँसाको भारी रुँदै रुँदै बोकिरहनु परेको छ । एउटा नारी बोक्सी बन्छ र पूरा समाज दर्शक बनेर तालि ठोक्छ  लाचार बनेर । हामी यता सुन्दर देश र समृद्धिको जोशिलो नारा लगाउँदै जिन्दावाद भन्छौं ।
अर्को तर्फ जिम्मेवार पदमा पुगेको मानिसले राष्ट्रिय जनावर गाई काटेर खान पाउने कानून बनाउनु पर्छ भनेर  सामाजिक सदभाबमा आच आउने कुरा गर्छन  । हिन्दु धर्मावालम्भिहरुको आस्था र आमाको मानकले सम्मान गरिने राष्ट्रिय जनावरको बारेमा यति घृणित र अपराधजन्य अभिव्यक्ति दिनु कहाँसम्मको हर्कत हो ? हामीले मासु खाएर मात्रै स्वस्थ र फुर्तिलो भईन्छ भन्ने मान्यता हटाउनु पर्छ । जनावर माथि भईरहेका हिँसालाई अन्त्य गर्दै जनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्नुपर्छ ।
केही मानिसको दवाफ र केही उग्र मानिसको आडमा गाई काटेर खान पाउनु पर्छ भन्ने खालका अभिव्यक्ति राज्यले स्विकार गर्नु हुँदैन । यस्ता अपराधजन्य अभिव्यक्ति दिनेहरुलाई तत्काल कारबाहि गर्नुपर्छ । लोकतन्त्र यति नाङ्गो भएको हेर्ने रहर कसैलाई छैन् । लोकतन्त्रमा जे मन लाग्यो त्यही गर्न पनि छुट हुँदैन ।
लोकतन्त्र अनुशासनरहित भयो भने यस्ता हिँसाका दुखत घटनाहरु घटिरहेन छन् । यस्ता घटनाहरुमा संलग्न मान्छेको अनुहार मान्छेको जस्तै भएपनि व्यबहार पशुको जस्तो भएको खण्डमा यस्ता अमानविय हृश्यहरु देख्न र भोग्न पाईन्छ । नारा र कानूनको किताबमा समृद्धि र सुशासन लेखर मात्रै हुँदैन । अधिकारहरु व्यवहारमा उर्तान सक्नुपर्छ । श्वेत कागजमा सिमित अधिकार र कर्तव्यको  मूल्य रहँदैन । मैले चिनेकै व्यक्ति वा मैले सम्मान गर्ने व्यक्ति जो उहाँ सांसद हुनुहुन्छ ।

धर्म निरपेक्षताको गलत बुझाईमा तपाई जस्तो व्यक्तिले जन बिरोधी र राष्ट्रीय जनावरको अपमान गर्ने गरि किन अभिव्यक्ति दिनु भएको होला ? हाम्रो गाउँघरमा त गाईको गोबरले चुलो चौको पोत्ने गरिन्छ । पवित्रताको प्रतिकको रुपमा लिने गरिन्छ । यतिसम्म पनि थाह नभएका सांसदहरु बनेका छन् भन्ने मलाई लागेको थिएन । कता कता यस्तो लाग्न थालेको छ समानुपातिक प्राणालीले अयोग्य प्रतिनिधिको छनोट गर्यो । अनि शूरु भयो अनेक नाटक मञ्चन ।
कहाँसम्म पुुग्दा संस्कृति हुन्छ । कतासम्मको सिमा नाघे विकृति हुन्छ ? त्यसको बारेमा हामीले सोचेनौ भने कसरी देश समृद्ध र सुन्दर समाज निमार्ण हुन्छ । विश्व आफ्नो संस्कार र सँस्कृतिको जर्गेना गर्नको लागि कम्मर कसेर लागि रहेको छ । तर हामीले आफ्ना महत्वहरुलाई संरक्षण गर्नुको साटो भत्काईरहेका छौँ । हाम्रो दायित्व हामीले नै थाह पाएनौं भने कसले बताई दिन्छ ?
१२५ जाति १२३ भाषाभाषि बस्ने मुलुक नेपाल आजका दिनसम्म कुनै पनि धर्मको नाममा कुनै व्यक्ति र पक्षले अपहेलित हुनु परेको छैन् । त्यस्तो दिन आउन पनि नआहोस् । गलत कार्य केही स्वार्थ रहेका मानिसको भलाई त होला तर त्यसको परिणाम समाजले भोग्नु पर्दा सबैभन्दा नमिठो हुन्छ । जनप्रतिनिधिको हैसियतमा रहका व्यक्तिहरुको विपक्षमा बोल्नुपर्दा वा आपत्ति पर्कट गर्नुपर्दा नमिठो हामीलाई लाग्छ ।
समाजले ठाडो सिर उठाएर हिड्ने वातावरण गरिदिएको छ । यस्ता गैर जिम्मेवार पक्षहरुको बारेमा नबोल्दा नै उचित हुन्छ । त्यसैमाथि तपाई महिला नेतृबाट हामीले फरक आशा गरेका छौँ । यस्तो खालको अपेक्षा प्रति संम्बेदनशिल बन्नुपर्छ । नेपाली जाति र समुदाय भन्दा परको कुनै धर्म र जात छैन् । समतामुलक समाजको निमार्णमा जुटेर मुलुकको विकासमा लागौँ । ताकि महिला नेतृहरुको कामबाट सबैलाई गर्वगर्ने अवसर मिलोस् |
गाई काट्ने कुरा धर्म निरपेक्षताको गलत बुझाईः समिता के सी गाई काट्ने कुरा धर्म निरपेक्षताको गलत बुझाईः समिता  के सी Reviewed by az news nepal on March 24, 2018 Rating: 5

No comments:

Powered by Blogger.