सरकारले देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो ।
सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएको छ तर अहिले सम्म त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धि निर्देशिका २०६९ जारी गरेको थियो । तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ ।
निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने छ र फिका पहेंलो रंग लगाउनुपर्ने छ । पहेंलो रंग उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।
भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने छ । यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्ने छ ।
कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रंग प्रयोग गर्न भनिएको विभागका प्रवक्ता दाहालले बताए ।
यसैगरी सिलिङ, सभाकक्ष, करीडोर र भर्याङको भित्ताको माथिल्लो भागमा सेतो रंग लगाउन बिभागले भनेको छ । करीडोर र भर्याङको तल्लो भागमा भने खैरो रंग लगाउनुपर्ने छ ।
त्यसका लागि जारि सुचनावाट सबै सरकारी विद्यालयलाई कार्यन्वयन गर्न समेत आग्रह गरेको छ
‘कलर कोड’ सम्बन्धमा शिक्षा विभागको परिपत्र
देशभरका विद्यालयमा पहेंलो रंग लगाउन सरकारको निर्देशन
Reviewed by az news nepal
on
March 26, 2018
Rating:
No comments: