Facebook

banner image
banner image

गाईकाण्डमा मलाई मुछेर मेरो चरित्रहत्या गर्न खोजियो - रबि लामिछाने

पछिल्लो समयमा सामाजिक संजालमा गाई काट्ने  मिल्ने प्राबधान संबिधानमा बनाउछु भनि प्रदेश नम्बर 3 कि उपसभामुक राधिका अन्सारी ले दिएको अभिब्यती  भाइरल बनेको छ |




विशेष गरेर यस  बिषयमा सामाजिक संजालमा बाद बिबादहरु सुरु भएका छन् | 80% हिन्दु बसोबास गने नेपालमा बिशेस गरेर गाईलाई माता सरह पुज्ने गर्दछन | यस बिसयमा संचारकर्मी रबि लामिछानेले आफुले बोल्दै  नबोलेको कुरा मिडियामा गलत समाचार लेखेर आफ्नो चरित्रहत्या गरेको  भन्दै  यो गलत समाचारको पछी नलाग्न सबैलाई आग्रह गरेका छन | आफुले यस बिषयमा कुनै पनि धारणा नराखेको भन्दै आफ्नो फेसबुक पेजमा लेखेका छन् 

"बेकारका बहसमा र विवादमा मलाई नमुछिदिनुहोला।म र मेरो टिम ज्यादै संबेदनशील कार्यक्रममा बनाउछौ। धेरै धम्की, दवाबका बिच जोखिमका पहाड चिरेर अहोरात्र काम गरिरहेका छौ। मजाक नगरिदिनुहोला। गाईको हत्या सम्बन्धि बिषयमा कुनैपनि कुरा मैले भनेको छैन, लेखेको छैन।मेरो यो भनाइ धेरै भन्दा धेरै share गरेर , ती फेक आइडी बनाएर भ्रम छर्नेहरु र त्यसैलाई आधार मानी समाचार बनाउनेलाई ठेगान लगाउन मद्द्त गरिदिनुहुन्छ कि? "

केहि बेर अघि उनले आफ्नो फेसबुक लाइभ मार्फत् पनि यस बिसयमा स्पष्टीकरण दिएका थिय |






गाईकाण्डमा मलाई मुछेर मेरो चरित्रहत्या गर्न खोजियो - रबि लामिछाने गाईकाण्डमा मलाई मुछेर मेरो चरित्रहत्या गर्न खोजियो - रबि लामिछाने Reviewed by az news nepal on March 26, 2018 Rating: 5

No comments:

Powered by Blogger.