Facebook

banner image
banner image

नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो

Nepal khabar
नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।
नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । 
आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन् । 
नेपालले पपुवा न्यूगिनीलाई हराएर र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेको छ । नेपाली क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले लेखिएको छ ।

नेपाली क्रिकेट विभिन्न आरोह अवरोहका बीच पनि यहाँसम्म आइपुग्नु पक्कै पनि सुखद कुरा हो । नेपालको यो सफलतालाई आयरल्याण्डका क्रिकेटरदेखि आईसीसीसम्मले बधाई दिएका छन् । आईसीसीले नेपालले कसरी एक दिवसीय मान्यता हात पार्न सफल भयो भन्ने कथा मात्रै लेखेको छैन, नेपालको सफलतामा उसले आफ्नो अफिसियल ट्वीटर र फेसबुक पेजको कभर फोटो नै चेन्ज गरेको छ ।

यसअघि भारतीय कप्तान विराट कोहलीको तस्बिर राखिएको कभरपेजमा आज नेपाली क्रिकेट खेलाडीको फोटो राखिएको छ । नेपालको यो सफलतालाई आईसीसी, सन्दीप लामिछाने अनुबन्धित आईपीएल टोली दिल्ली डेयरडेभिल्सम्मले बधाई दिएका छन् ।

नेपालको यो ऐतिहासिक सफलतामा सारा नेपाली खेलप्रेमी त खुशी छन् नै नेपाली क्रिकेटलाई माया गर्ने विश्वका अन्य क्रिकेटर तथा संघ संस्थाले पनि बधाई दिएका छन् ।


नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो Reviewed by az news nepal on March 15, 2018 Rating: 5

No comments:

Powered by Blogger.